देशभर आज थपिए एक हजार ५६२ नयाँ संक्रमित, १९ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर थप एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ६६ हजार ९०५ पुगेको छ । 

बितेको चौबिस घण्टामा १० हजार २६६ जनाको पिसीआर र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरी कूल १४ हजार ४४३ जनाको कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये १०.८१ प्रतिशतमा संक्रमण देखिएको छ । 

सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ । 
आज देशमा २६ हजार २०२ जना कोरोना भाइरसको संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा १ हजार ५८९ जना संक्रमित निको भएका छन् । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया