जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा भएको छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेको भे१क ९८७ नम्बको जिप नलगाड नगरपालिका–५  खारा, गेरेनी सडक खण्डको गेरेनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापाले जानकारी दिए । 

नलगाड नगरपालिका–२ का ३५ वर्षीय शान्ति रोकाय र जुम्ला घर भई जडीबुटीको काम गर्ने मंगल महतराको घटनास्थलमै मृत्यु भएको थापाले बताए ।

मृत्यु भएकी महिलाको टाउकोमा जिपको झ्यालको सिसाले काटेको छ भने पुरुषलाई गाडीले किचेको छ । 

घाइतेहरुको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको थापाले बताए ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया