अमेरिकाको एयरपोर्ट दुई घण्टा होल्ड गरेर बनाइएको ‘एकादेशको कथा’ सार्वजनिक

पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  यसअघि यी दुईको अभिनयमा रहेको ‘भुलीदेउ’ बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो।  

भर्खरै सार्वजनिक भएको नयाँ गीत ‘एकादेशको कथा’मा स्वर र संगीत हिमाल सागरको रहेको छ। गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

गायक हिमाल सागरका अनुसार म्युजिक भिडियोको छायांकन एयरपोर्ट नै २ घण्टा होल्ड गरेर  गरिएको थियो। अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन गरिएको छ । 

प्रविन मानन्धरले सम्पादन गरेको  यस भिडियोलाई  दिलकृष्ण श्रेष्ठले  निर्देशन गरेका हुन्।  यमुना लम्साल प्रस्तुतकर्ता रहेको भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन् । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया