सुदूरपश्चिम पुगेर आफूनिकटलाई भीम रावलले सोधे– एमाले छाडौँ त ?

सुदूरपश्चिममा पुगेर नेकपा एमाले नेता भीम रावलले पार्टीले आफ्नो जिम्मेवारी खोसेकोमा आफूनिकट नेताहरुसँग चित्त दुखाएका छन् । पछिल्लो समय सुदूरपश्चिममा आफ्नो वर्चश्व गुमाउँदै गएका रावलसँग सुदूरपश्चिमको इन्चार्ज पद खोसिएको छ । 

यसअघि नेकपा एमालेमा हुँदा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी उनलाई दिइएको थियो । तर, बीचमा उनले पार्टीमा विवाद भएको भन्दै माधवकुमार नेपाल पक्षमा आफू लागेको बताउँदै आएका थिए ।

नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई सुदूरपश्चिमको इन्चार्ज बनाएका थिए । 

तर, नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा नजाने निर्णय गरेसँगै रावल अहिले नेकपा एमालेमा छन् ।

तर, अध्यक्ष ओलीले रावल एमालेमा आए पनि सुदूरपश्चिमको जिम्मेवारी भने लेखराज भट्टलाई नै दिने बताएका छन् । 

केही दिनअघि अध्यक्ष ओलीले यस्तो बताए पछि भीम रावल सुदूरपश्चिम पुगेर आफूनिकट नेताहरुलाई फकाउने प्रयासमा छन् । आफूनिकट नेताहरुसँग अहिले सुदूरपश्चिममा चर्को छलफल गरिरहेका रावलले उनीहरुसँग आफू नै प्रदेश इन्चार्ज हुनु पर्ने पनि बताउन थालेका छन् । सँगसँगै उनले आफूनिकट नेताहरुलाई आफूले पार्टीको एकताका लागि प्रयास गर्दा पनि पार्टीको मूल नेतृत्वले यसबारे नबुझेको गुनासो गर्न थालेका छन् ।



‘यस्तो अवस्थामा मैले के एमाले छाडौँ त ?’ रावलले आफूनिकट नेताहरुसँग प्रश्न गर्न थालेका छन् ।




  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १८:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया