एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा सोडारी

नेकपा (एकीकृत समाजवादी) दल सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । 

सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल समेत रहेको समाजवादीको मंगलबार बसेको बैठकले सोडारीलाई दलको नेतामा चयन गरेको हो । एमालेबाट विभाजन भई गठन भएको नेकपा (एकीकृत समाजवादी)मा सुदूरपश्चिम प्रदेशसभामा १४ जना सांसद छन् । 

सोडारी प्रदेशको भौतिक तथा पूर्वाधारमन्त्रीसमेत रहेका छन् । एमालेबाट छुट्टिएर माधव नेतृत्वको एकीकृत समाजवादी दलले सोमबार नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १९:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया