कांग्रेसकाे चियापान कात्तिक १६ मा

काठमाडौं- नेपाली कांग्रेसले बडादसैं, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । 

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरूप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जानकारी दिइन् । 

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलीबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो । 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार ९:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया