अमेरिकामा आगलागीमा परी पाँच नेपालीभाषीको मृत्यु

अमेरिकामा आगलागीमा परी पाँच नेपालीभाषीको मृत्यु भएको छ । अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको हो । 

मृत्यु भएकाहरु नेपालीभाषी भुटानी परिवारका सदस्य रहेको बताइएको छ । सोमबार (सेप्टेम्बर १३)को बिहान आगलागी भएको थियो । जसमा परी तीन  बालबालिकासहित पाँचजनाको मृत्यु भएको हो । 

मृत्यु भएका बालबालिका ५ वर्ष, ११ वर्ष र १६ वर्षका थिए । बालबालिकासहित ६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिलाको निधन भएको छ । 

आक्रन सहरको लिनडेन एभेन्युमा रहेको घर नं १११८ मा आगो लागेको हो । आगलागीमा परी अन्य ४ जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ  । 
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १९:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया