भक्तपुरमा ट्रकमा लिफ्ट मागेकी बालिका बलात्कृत, काभ्रेमा दुई पक्राउ

भक्तपुरमा गाडी पर्खिरहेकी एक बालिकालाई गाडी भित्रै बलात्कार गर्ने दुई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लिफ्ट मागेकी एक बालिकालाई काभ्रेमा पुर्याएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटना २६ भदौको हो ।

गाडी कुरिरहेकी बालिकालाई ट्रक चालक र सहचालकले लिफ्ट दिएका थिए । उनीहरुले गाडीभित्रै बालिकाको बलात्कार गरेका हुन् । उनीहरुले काभ्रेको बनेपा १२ स्थित साझा पेट्रोल पम्पअगाडि गाडीभित्रै बालिकालाई बलात्कार गरेको र त्यहाँ नै बालिकालाई छाडेर आफूहरु पूर्वतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानपछि प्रदेश २–०३—००१ ख १४८५ नम्बरको भाडाको ट्रकमा चालक र सहचालकले बालिकामाथि बलात्कार गरेको भन्दै झापाका हर्कबहादुर विश्वकर्मा र मोरङका निदिप धिमाललाई पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २२:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया