ओमानसँग नेपाल पराजित

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । नेपालले मंगलबार भएको खेलमा घरेलु टोली ओमानसँग टस जितेपछि पहिले ब्याटिङ रोजेको थियो ।

खेलमा नेपाललाई ओमानले ६ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङका लागि क्रिजमा उत्रिएको नेपालले १ सय ९७ रनको लक्ष्य दिएको थियो । नेपालले ४७.४ ओभर खेल्दै १ सय ९६ रन बनाएर अल आउट भएको थियो ।

ओमानले यसका लागि ३१ ओभर १ बलमा सहजै जित निकाल्यो । ओमानले खेलमा ५ विकेट गुमायो ।

आजको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै चलेन ।

ओमानका लागि भने जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ खेले । उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गर्दै यो योगफल तयार गरेका हुन् ।



उनले पाँचौ ओभरमा सोमपाल कामीको ओभरमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि आजको खेलमा आसिफ शेखले सर्वाधिक ९० रन बनाए । नेपालका लागि अन्य ब्याट्सम्यान खासै टिक्न सकेनन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । १ रन बनाएका सुशान भारी नटआउट रहे ।



ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २३:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया