म माथि लागेको आरोप झुट साबित गर्छु : एमजे अकबर

केही महिलाले भारतीय विदेश राज्य मन्त्री एम.जे.अकबरलाई यौन शोषण गरेको आरोप लगाएपछि आइतबार ती महिलाहरुले लगाएको आरोप झुट साबित गर्ने बताएका छन् । 

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एम.जे.अकबरले आफूमाथि सुनियोजित रुपमा झुट आरोप लगाएको बताएका छन् । आरोप लगाएको समयमा आफू देशबाहिर रहेकाले आरोपप्रति तत्काल प्रतिक्रिया नदिएको बताएका छन् । 

अकबरले बिना प्रमाण कसैप्रति आरोप लगाउन आजभोली सामान्य जस्तै भएको छ भन्दै आफूपनि त्यसकै शिकार भएको प्रतिक्रिया दिएका छन् । उनी यो आधारहीन आरोप आफ्नो प्रतिष्ठामा नोक्सान पुर्याउनका लागि लगाएको बताउँछन् । 

अकबर आइतबार बिहान मात्रै नाइजेरियाबाट भारत आएका थिए । एयरपोर्टमा पत्रकारसँग बोल्दै उनले उक्त आरोप सबै झुट भएको बताएका हुन् । अहिलेसम्म १० जना भन्दा बढी महिलाले मि टुको माध्यमबाट एमजे अकबरलाई यौन शोषण गरेको आरोप लगाएका छन् । धेरै महिलाहरुले अकबरसँग अलग अलग मिडियामा काम गरेका थिए । 

विदेश राज्य मन्त्री एम.जे.अकबरलाई ‘प्रिडेटरी बिहेभियर’ को आरोप लागेको छ । देशको सबैभन्दा प्रभावशाली सम्पादक मध्येका एक एमजे अकबर द टेलिग्राफ, द एशियन एजका सम्पादक र इन्डिया टुडेका एडिटरियल डाइरेक्टर थिए । 

सबैभन्दा पहिला उनको नाम सोमबार वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन् । एक वर्ष अगाडी रमानीले ट्वीटरमा आफूमाथि भएको दुव्र्यवहारको अनुभव लेखेकी थिइन् । 



रमानीले लेखेको लेखमा कहिँकतै पनि एमजे अकबरको नाम उल्लेख गरिएको थिएन् । तर सोमबार उनले ट्वीटमा उक्त लेखमा एमजे अकबरको बारेमा लेखेका थिए । यसपछि अन्य पाँच महिलाले पनि एम जे अकबरबाट पिडित भएको उल्लेख गरेका थिए । 


 



  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार १२:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया