च्याम्पियन्स लिग : आज ८ खेल हुने

युरोपियन क्लब फुटबलको सबैचन्दा चर्चित प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह ‘ए’,‘बी’,‘सी’ र ‘डी’का विभिन्न ८ खेल हुँदैछन् । 

नेपाली समय अनुसार राति साढे १० बजे दुई खेल हुँदैछन् । समूह ‘सी’मा टर्कीस क्लब बेसिकटासले घरेलु मैदानमा जर्मन क्लब बेरुसिया डर्टमन्डको सामना गर्दैछ । 

समूह ‘डी’ अन्तर्गत हुने खेलमा पहिलोपटक च्याम्पियन्स लिग खेल्दै गरेको मोल्डोभाको क्लब सेरिफले युक्रेनी क्लब डोनेक्स साख्तरसँग प्रतिपर्धा गर्नेछ । 

नेपाली समय अनुसार राति पौने १ बजे एकैसाथ ६ खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गतका खेलमा इंग्लिस क्लब म्याचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन क्लब लाइप्जिसंग प्रतिस्पर्धा गर्दा बेल्जियमको क्लब ब्रुगले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई स्वागत गर्नेछ ।  

समूह ‘बी’ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पाट्र्रोसँग प्रतिस्पर्धा गर्दा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानको आतिथ्यता गर्नेछ । 

समूह ‘सी’अन्तर्गत हुने खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा डच क्लब आयक्ससँग भिड्नेछ । 



समूह ‘डी’अन्तर्गत हुने खेलमा स्पेनिस महारथी रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । 



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १२:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया