लुम्बिनी फुटसलको मुख्य प्रायोजकमा अल्फा बिटा ठिटा

असोज २ देखि पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागिता जनाउने लुम्बिनी फुटसल प्रालिलाई अमेरिकी आइटी कम्पनी अल्फा बिटा ठिटाले मुख्य प्रायोजकको रूपमा साथ दिने भएको छ ।

सम्झौताअनुसार अल्फा बिटाले लुम्बिनीलाई ४ लाख उपलब्ध गराउने छ भने क्लबले मुख्य प्रायोजकको लोगो अंकित जर्सी प्रयोग गर्नेछ ।

खेल पोशाक उत्पादक कम्पनी लिनिङले पनि लुम्बिनी फुटसललाई प्रायोजकका रूपमा साथ दिने भएको छ । 

सम्झौता अनुसार नेपालका लागि लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंकले लुम्बिनीलाई २ लाख बराबरीको खेलमा प्रयोग गर्ने जर्सी लगायतका खेल सामग्री उपलब्ध गराउनेछ । 

असोज २२ सम्म सञ्चालन हुने लिगमा १० टोलीको सहभागिता रहनेछ । लुम्बिनीले असोज ३ मा झरना स्पोर्ट्स क्लबसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।  





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १३:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया