नेपाल भलिबलको संघ (एनभिए) को आयोजनामा हुने राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करण आगामी असोज १० देखि १६ गते सम्म हुने भएको छ ।
भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । च्याम्पियनसिपमा ६ महिला तथा १२ पुरुष टोलीको सहभागिता रहने छ ।
संघले यही प्रतियोगिताबाट आगामी चैतमा आयोजना हुने छैटौँ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगका लागि महिलातर्फ ५ तथा पुरुषतर्फ ७ टोली छनोट गरिने बताएको छ ।
प्रतियोगिताको विजेताले ४, उप विजेताले २ र तेस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले जनही २५ तथा विधागत उत्कृष्ट हुनेले जनही १० हजार पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।