नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आइसिसीले सर्वाजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा बलिङतर्फ शीर्ष १०० भित्र अटाएका छन् ।
योसँगै उनी आइसिसी एकदिवसीय वरीयताको शीर्ष १००भित्र पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीप ३६९ रेटिङ प्वाइन्टका साथ ९१औँ स्थानमा छन् ।
सन्दीपले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सिरिजको पहिलो खेलमा ४ विकेट लिएका उनले दोस्रो खेलमा ६ विकेट हात पारे ।
आइसिसी विश्वकप लिगअन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा सन्दीपले २ विकेट हात पारेका थिए । ओमानविरुद्धको खेलमा भने उनले स्वास्थ्य समस्याका कारण बलिङ गर्न सकेनन् ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्ट ७३७ रेटिङ प्वाइन्टका साथ आइसिसी एकदिवसीय वरीयताको बलिङतर्फ शीर्ष स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।