पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१६ हजार ८४४ जनामा परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमित फेलापरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने १ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।