केल्मी एनआरटीको मुख्य प्रायोजक

‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई अन्तर्राष्ट्रिय खेल पोसाक उत्पादक कम्पनी केल्मीले मुख्य प्रायोजकका रुपमा साथ दिने भएको छ । 

एनआरटी र केल्मीबीच बुधबार ४ वर्षका लागि प्रायोजन सम्झौता भएको हो । 

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै केल्मीले एनआरटीलाई आवश्यक खेलकुद सामग्री उपलब्ध गराउनेछ । क्लबले आगामी महिनाबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा केल्मीको जर्सी प्रयोग गर्नेछ ।

१४ टोलीको सहभागिता रहने ‘ए’ डिभिजन लिगको नयाँ सिजन कात्तिक २९बाट सुरु हुनेछ । 
 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १७:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया