असोज दोस्रो साता महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

छैटौँ संस्करणको एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ ।

नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ । 

प्रतियोगिताबाट छैटाैँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा शीर्ष ७ टोली र पाँच महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । 

संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको छ । एक साता आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउनेछन् ।

तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार पाउनेछन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया