च्याम्पियन्स लिग अन्तर्गत बुधबारराति भएको समूह ‘बी’ को खेलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि ३–२ गोलको रोमाञ्चक जित हात पारेको छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र जोर्डन हेन्डरसनले १–१ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
मिलानका लागि एन्टे रेबिक र बर्हिम डियाजले १–१ गोल गरे । खेलको ९औँ मिनेटमा फिकायो टिमोरीको आत्मघाती गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।
१३औँ मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्न नसक्दा लिभरपुल अग्रता दोब्बर बनाउबाट चुक्यो ।
४२ औँ मिनेटमा रेबिक र ४४ औँ मिनेटमा डियाजले गोल गरेपछि मिलानले पहिलो हाफमा २–१ को अग्रता लियो ।
पहिलो हाफमा २–१ ले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागम गर्दै दोस्रो हाफमा २ गोल थप्यो ।
४९औँ मिनेटमा सालाहले लिभरपुललाई २–२ को बराबरीमा ल्याए । ६९औँ मिनेटमा हेन्डरसनले गोल गरेपछि लिभरपुलले रोमाञ्चक जित निकाल्यो ।
जितसँगै लिभरपुलले महत्वपूर्ण ३ अंक जोड्दा मिलानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यही समूहको अर्को खेलमा एट्लेटिको मड्रिड र एफसी पोट्र्रोले गोलरहित बराबरी खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।