च्याम्पियन्स लिग : हेलारको उत्कृष्ट प्रदर्शनमा आयाक्सको शानदार जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा डच क्लब आयाक्सले पोर्चुगिज टोली स्पोर्टिङ सिपीमाथि ५–१ को शानदार जित दर्ता गरेको छ ।

आयाक्सको जितमा सेबास्टियन हेलारले ४ र स्टिभन बर्गुइसले १ गोल गर्दा घरेलु टोली स्पोर्टिङका लागि पाउलिन्होले १ गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा हेलारले आयक्सलाई अग्रता दिलाए । नवौँ मिनेटमा उनैले नै टोलीको अग्रता दोब्बर बनाए ।

३३ औँ मिनेमा पाउलिन्होले गोल गर्दै स्पोर्टिङलाई २–१ को अवस्थामा ल्याए । ३९ औं मिनेटमा बर्गुइसले आयाक्सका लागि तेस्रो गोल गरे ।

५१ औँ मिनेटमा हेलारले आफ्नो ह्याट्रिक पूरा गर्दा आयाक्स ४–१ ले अगाडि बढ्यो । ६३ औँ मिनेटमा हेलारले नै व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गरे ।  

जितसँग आयक्सले समूह ‘सी’मा ३ अंक जोड्दा स्पोर्टिङले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



यही समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डले बेसिक्तासमाथि २–१ को जित दर्ता गरेको छ । 


 



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ८:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया