च्याम्पियन्स लिग अन्तर्गत गए राति भएकाे खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) बेल्जियन क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ ।
अग्रपङक्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको पिएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्रुगसँग बराबरीमा समेटिएको हो ।
पिएसजीका लागि एन्डर हेरेराले गाेल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा भएका थिए ।
खेलको १५ औं मिनेटमा एन्डर हेरेराको गोलबाट पिएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
तर त्यो अग्रता लामो समय टिक्न सकेन । २७ औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीपछि बल पोसेसनमा बलियो पकड राखे पनि पिएसजीले ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा अंक बाँड्न बाध्य भयाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।