दक्षिण अफ्रिकाका ओपनर रिचार्ड लेभीले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)पोखरा राइनोजबाट खेल्ने भएका छन् । लेभीले तेस्रो संस्करणको इपिएल पनि पोखराबाट नै खेलेका थिए ।
पोखराले पहिलो विदेशी खेलाडीको रूपमा उनको नाम सार्वजनिक गरेको हो । उनले दक्षिण अफ्रिकाबाट १३ टि-२० आईमा २३६ रन बनाएका छन् । सन् २०१२ मा लेभीले न्युजिल्यान्डविरुद्ध ५१ बलमा ५ चौका र १३ छक्का सहित १ सय १७ रनमा अविजित इनिङ खेल्दै इतिहास रचेका थिए ।
पोखरामा विकेट किपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगायतका खेलाडी छन् । पोखराले बाँकी विदेशी खेलाडी पनि सार्वजनिक तयारी गरेको छ ।
गत वर्ष क्रिस गेलको नाम सार्वजनिक गरे पनि टि-२० विश्वकपको कारण उनी आउने छैनन्।
६ फ्रेन्चाइज टिमले सहभागिता जनाउने इपिएलको चौथो संस्करण असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।