नेपालको फिफा वरीयता यथावत्

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको हो ।

नेपाल यसअघिको वरियतामा १ सय ६८औँ स्थानमा रहेको थियो भने हाल पनि यथावत् स्थानमा नै रहेको छ । 

नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेलमा पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ७औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५८औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८९औँ, भुटान १८७औँ, पाकिस्तान १९८औँ र श्रीलंका २ सय ५औँ स्थानमा रहेका छन् ।



नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ । यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौँ स्थानमा इटाली रहेका छन् । इंग्ल्यान्ड भने तेस्रो स्थानमा उक्लिएको हो । 

अर्जेन्टिना छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् ।



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १६:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया