चितवनका लागि दिलिप उपकप्तान तथा पुरु सिंहले सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने

एभरेस्ट प्रिमियर लिग इपिएलको चौंथो संस्करणका लागि चितवन टाइगर्सले दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई  सहायक प्रशिक्षकको रूपमा छनोट गरेको छ । 

यसै गरी पूर्व नेपाली राष्ट्रिय खेलाडी दिलिप नाथलाई आउँदो टोलीको उपकप्तानको रूपमा राख्ने निर्णय गरेको छ ।

टोलीले बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो । दिल्लीका पूर्व क्रिकेटर सिंह लेभल टु गरेका प्रशिक्षक हुन् । 

उनी भन्छन्, ‘खेलाडीलाई प्रेरणा दिनु खेल जित्नुको मुख्य कारण हो । हामीसँग केही तरिकाहरू छन्, जसबाट खेलाडीलाई खेलमा पकड बनाउन सजिलो हुनेछ ।’
 
चितवनले राष्ट्रिय टोलीबाट खेलिसकेका दिलिपलाई उपकप्तानको जिम्मेवारी दिइएको जनाएको छ । चितवनको कप्तानी सोमपाल कामीले गर्ने छन् । टोलीको प्रमुख प्रशिक्षकको रूपमा भने सामसन जंग थापा रहेका छन् । 

चौंथो संस्करणको इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १६:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया