विराटनगरको मुख्य प्रशिक्षकमा कटवाल

विराटनगर वारिवर्सले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि मनोज कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

विराटनगरले बिहीबार कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

नेपाल पुलिस क्लबका प्रशिक्षक रहेका कटवालले यस अघि पोखरा प्रिमियर लिग (पिपिएल)को फ्रेन्चाईच टिम चितवन राइनोजको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनले टोलीलाई दोस्रो संस्करणको उपाधि समेत दिलाएका थिए । 

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी कटवालले राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रूपमा समेत काम गरिसकेका छन् ।

चौंथो संस्करणको इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १६:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया