बहुमूल्य धातुको कारोबार निर्देशिका व्यावहारिक बनाउन सुनचाँदी व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीका लागि जारी निर्देशिका २०७७’ व्यावहारिक बनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय बुँदा व्यावहारिक नभएको भन्दै त्यसलाई व्यावहारिक बनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पूरा गर्न साना व्यवसायीलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई संशोधन गर्न आग्रह गरेको थियो । 

अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा व्यवसायीलाई असहज हुने र साना व्यवसायी पलायन हुनुपर्ने अवस्थासमेत आउन सक्ने उनीहरुको भनाइ थियो ।

विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुःख दिने नियतले नभई सम्पत्ति शुद्धीकरण गर्न खोज्नेका लागि लक्षित गरी जारी भएकाले व्यवसायीलाई अप्ठ्यारो नहुने बताए ।
 
विभागले गत वर्ष जारी गरेको निर्देशिकामा सुनचाँदीलगायत बहुमूल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने व्यवसायीको विवरण विभागमा पठाउनुपर्नेलगायत विभिन्न विषय उल्लेख छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १७:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया