आइएमईले चाडपर्व लक्षित दसैंमा ‘डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि कम्पनीले यो योजना ल्याएको हो ।
आइएमईका एजेन्ट, आइएमई पे र बैंक ट्रान्सफर गर्दा हरेक साता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुईजनालाई डबलको डबल चार गुणा र बम्परमा एक जनालाई डबलको डबलको डबल आठ गुणा दिइने जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार आइएमई पेमा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ग्राहकले आइएमईप्रति देखाएको भरोसाका काराण यो योजना ल्याएको बताए ।
आइएमईका महाप्रबन्धकद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलले योजनाका बारेमा जानकारी दिएका थिए ।
कम्पनीका अनुसार सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिनेछ । योजनामा आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।