देउवाले दलित समुदायलाई अन्यायमा पारे : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले दलित समुदायलाई अन्यायमा पारेको आरोप लगाएका छन् । पार्टी कार्यालय सानेपामा जारी नेपाल दलित संघ काठमाडौं जिल्लाको धर्नामा बोल्दै उनले दलित समुदायले उठाएको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

दलित तथा अन्य समुदायले उठाएका माग जायज भएको र आफूले पटक–पटक माग सम्बोधन गराउन गरेको आग्रहलाई सभापति देउवाले अस्वीकार गरेको उनले आरोप लगाए । 

सहमहामन्त्री प्रकाशशरण महतले दलित समुदायको मागमा अनुचित कुरा बोलेको भन्दै पौडेलले आक्रोश पोखेका छन् । केही दिनअघि सहमहामन्त्री महतले समुदायका प्रतिनिधिसहित बसेर निर्वाचन निर्देशिका बनाएको तर्क गर्दै भनेका थिए, ‘जहाँ धेरै जनसंख्या छ एकभन्दा बढी आउन पाउँछन्, जहाँ कम छ त्यहाँ भार पुग्दैन, बुझ्नुपर्यो नि !’ 

बिहीबार धर्नामा सम्बोधन गर्दै पौडेलले भने,  ‘पार्टी अफिसमा शेरबहादुरभन्दा सिनियरहरू आएर धर्ना बसेका छन्, यो भद्रगोल पारेर के गर्न खोजेको हो ? चाँडै बैठक बसेर समस्या समाधान गरौँ ।’

महाधिवेशनमा हरेक क्षेत्रबाट समावेशी समूहको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै दलित, महिला, जनजाति, मधेस, थारु, अल्पसंख्यक र अपांगता भएका समुदाय धर्नामा बसेका  छन् । 

धेरै जनसंख्या भएको क्षेत्रमा जनसंख्याको अनुपातमा तथा जनसंख्या कम भएको ठाउँमा न्यूनतम उपस्थिति हुनुपर्ने उनीहरुको माग छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २०:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया