प्रचण्ड र नेपालसँग भेटे भट्टराईले, भने— एमसिसी पारित गरौँ

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नु पर्ने बताएका छन् ।

उनले यसलाई जतिसक्दो छिटो पारित गर्नु पनि सुझाव दिएका छन् ।

बिहीबार भट्टराईले एमसिसी पारित गर्न अनुरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटमा यस्तो बताएका हुन् ।

भट्टराईको नीजि सचिवालयका अनुसार भट्टराईले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेटबारे पनि छिटो निर्णय गर्नु पर्ने बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २१:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया