देउवा, दाहाल र नेपाललाई छुट्टाछुट्टै भेटेर भट्टराईले भने– एमालेसँग छलफल गरेर बजेट र एमसिसी पारित गर्ने वातावरण बनाऊँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता पारित गर्नुपर्ने बताएका छन् । 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसोत रहेका भट्टराईले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेर यस्तो सुझाब दिएका हुन् ।

भेटमा भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन पनि आग्रह गरेका थिए । 

उनले एमालेसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण मिलाउन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्नेमा जोड दिए । सत्तारुढ गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म नै लैजाने वातावरण बनाउनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २१:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया