त्रिविअन्तर्गतका क्याम्पसमा शुक्रबारबाट भौतिक उपस्थितिमै पठनपाठन हुने

त्रिभुवन विश्वविद्यालयले शुक्रबारबाट भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने भएको छ। 

बिहीबार एक सूचना जारी गर्दै त्रिविले असोज १ देखि भौतिक उपस्थितिसहित पठनपाठन सञ्चालन गर्ने जनाएको हो।

 ‘कोरोना जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सर्तकता अवलम्बन गर्दै २०७८ आश्विन १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिवि कार्यकारी परिषद्को निर्णयानुसार त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस विभाग–स्कुलहरूलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

यसअघि त्रिविले मातहतका सम्पूर्ण क्याम्पसमा अनलाइन माध्यमबाट पठन–पाठन कक्षा सञ्चालनको व्यवस्था गरेको थियो। 

त्रिविले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी कक्षा सञ्चालन गर्ने जनाएको हो।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २१:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया