कोरोनाबाट २४ घन्टामा ९ हजार बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ९ हजार १६२ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सका अनुसार अमेरिकामा १ हजार ८७० जनाको मृत्यु भएको छ भने ब्राजिलमा ६१७ जना, रुसमा ७९४ जनाले ज्यान गुमाएका छन् ।

भारतमा ३१८ जना, इरानमा ४५३, टर्कीमा २६२, मेक्सिकोमा ८९७, दक्षिण अफ्रिकामा ३१०, इन्डोनेसियामा २३७, फिलिपिन्समा ३४६ जनाको मृत्यु भएको छ । 

यसैगरी विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख ७० हजार ६९२ जना संक्रमित भएका छन् भने ५ लाख ३२ हजार ७५३ जना संक्रमणमुक्त भएका छन् ।
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ७:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया