करिश्माका पढाइ टिप्स
रातभर पढ्दा अनिद्राले पढेको कुरा सम्झन गाह्रो हुन्छ

अभिनेत्री करिश्मा मानन्धर चर्चाको शिखरमा छन् । प्रौढ उमरेमा अध्ययन सुरु गरेकी करिश्मा अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छन् । आफ्नो परीक्षा सन्तोषजनक भैरहेको करिश्मा बताउँछिन् । उनले परीक्षामा आफूले पढेका प्रश्नहरु आइरहेको बताइन् ।

करिश्मा सुटिङ तथा विभिन्न कार्यक्रमहरुमा व्यस्त रहन्छिन् । तर, केहि समयदेखि उनी सुटिङमा निस्किएकी छैनन् । परीक्षाका लागि उनले सुटिङ रोकेकी हुन् ।

करिश्मा राति चाँढै सुत्ने गर्छिन् । उनी दिउँसोको समयमा अध्ययन गर्छिन् । करिश्मालाई प्राय सबै विषय ठीकै लाग्छ । मेजर इंग्लिस लिएर पढिरहेकी करिश्मालाई गणित भने अलि गाह्रो लाग्ने बताउँछिन् ।

उनको घोकेर पढ्ने बानी छैन । महामारीका कारण कलेज छुट्यो । जसले गर्दा करिश्मालाई अलि असजिलो भएको छ । भन्छिन्, ‘दिनदिनै पढिरहेको नभएकोले एक दिन पढ्ने अर्को दिन परीक्षा दिँदा सम्झन असहज त हुन्छ नै ।’

करिश्मालाई ‘प्लस टु’ पछि कृषिका विषयमा अध्ययन गर्न मन छ । करिश्माको यो वर्षको परीक्षा असोज ८ गतेसम्म चल्छ । उनले आफूसँगै परीक्षा दिने साथीलाई रातभरि नपढ्ने सुझाव दिएकी छन् । 

उनी भन्छिन्, ‘निद्रा पुगेन भने पनि पढेको सम्झन गाह्रो हुन्छ । परीक्षाका बेला रातभरी पढ्नु राम्रो होइन् । निद्रा पुग्यो भने पढेका कुरा राम्रोसँग लेख्न सकिन्छ ।’





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ११:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया