नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले अरू कुनै राजनीतिक दलसँग एकता गर्न नगइरहेको बताएका छन् ।
पार्टी कार्यालय स्थापना गर्दै अध्यक्ष ओलीले भने, ‘हामी नेपालको राजनीतिमा सबै सकारात्मक शक्तिहरूसँग हात मिलाउनेछौं । हामी अहिले पाँच दलीय गठबन्धनमा छौं । हामी अहिले यो पाँचदलीय मोर्चालाई बलियो बनाउनेमा छौं । हामी अहिले अरू कुनै राजनीतिक दलसँग एकता गर्न गइरहेका छैनौं ।’
साथै, उनले देशमा रहेका नराम्रा कुराहरू हटाउने दाबी गरेका छन् । पार्टी कार्यालय स्थापना गर्दै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामी विज्ञका कुरा सुन्नेछौं । हामी कुनै पनि क्षेत्रमा जाँदा अध्ययनमा ध्यान दिनेछौं । अनुसन्धानमा ध्यान दिनेछौं । नयाँ नयाँ प्रगोगमा पनि ध्यान दिनेछौं । आजसम्म प्राप्त भएका सबै राम्रा कुराहरूको अनुशरण गर्नेछौं । देशमा रहेका नराम्रा कुराहरू हटाउनेछौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।