मोरङ कांग्रेस क्रियाशील विवाद टुंगियो, असोज ५ मा वडा अधिवेशन

नेपाली कांग्रेस मोरङको क्रियाशील विवाद टुंगिएको छ । क्रियाशील विवाद टुंगिएसँगै मोरङका सवै पालिकाका वडा अधिवेशन असोज ५ गतेका लागि तय भएको छ ।

क्षेत्र नम्बर ३ र ४ को क्रियाशील विवाद नटुंगिदा मोरङमा वडा अधिवेशन हुन सकेको थिएन । क्रियाशील विवाद टुंगिएर नामावाली प्रकाशन भएकाले असोज ५ गतेका लागि वडा अधिवेशन तय गरिएको कांग्रेस मोरङका सचिव नागेश कोइरालाले बताए ।

मोरङमा  १३७ वडा छन् । ती वडाका अधिवेशन असोज ५ मा हुनेछ । प्रदेश १ का अन्य १३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश १ मा एक हजार १५७ वटा वडा छन् । ती सबै वडामा कांग्रेसका वडा संयन्त्र छन् ।

पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ११:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया