एलपी ग्यास उद्योग संघकाे अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमति भएपछि मल्ली अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
 
संघको विशिष्ठ सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए ।

उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन् ।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १२:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया