एमालेमा रहेका मानिसहरू ढिलाे चाँडो नेकपा (एकीकृत समाजवादी)मा आउनेछन् : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलोचाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।

शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलोचाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । 

उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । 

उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रूपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टी  नेकपा (एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अल्मलिएका होलान्, असल मानिसहरू पनि भ्रमवस बसिरहेका होलान् । ती व्यक्तिहरूले ढिलोचाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरूलाई हामी स्वागत गर्नेछौँ ।’

अध्यक्ष नेपालले व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गरे । 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया