ज्ञानेन्द्र बने नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा संयमित अर्धशतक प्रहार गरेका छन् ।

ज्ञानेन्द्रले ९१ बलमा ३ चौकाको मद्दतले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन् । अर्धशतक बनाउने क्रममा ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा सर्वाधिक धेरै रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । 

ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पार्दै सर्वाधिक धेरै रन बनाउने खेलाडी बनेका हुन् ।

पारसले १० खेलमा १ हजार ३१५ रन बनाएका थिए । अमेरिका विरुद्ध ५५ रन बनाएर पेभिलियन फर्किएका ज्ञानेन्द्रले १५ खेलमा १ हजार ३६७ रन बनाएका छन् । 


 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १९:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया