गृहजिल्ला बाजुरामा कांग्रेस केन्द्रीय सदस्य पाण्डेलाई कालो झण्डा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई कांग्रेसकै कार्यकर्तालाले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

शनिबार नेपाली कांग्रेस बाजुराको पार्टी कार्यालयको भवनमा भित्र केन्द्रीय सदस्य पाण्डेको उपस्थितिमा बैठक चलिरहेका वेला बाहिर देउवा पक्षका युवा तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । 

केन्द्रीय सदस्य पाण्डेले क्रियाशील सदस्यता काटेको भन्दै उनीहरुले नाराबाजीसहित विरोध जनाएका हुन् ।

शनिबार नै गृहजिल्ला बाजुरा पुगेका केन्द्रीय सदस्य पाण्डेलाई पार्टी कार्यालयमा कांग्रेस बाजुराको बैठक बसिरहेका बेला कार्यकर्ताले ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र बुझाएलगत्तै उनीहरुले ‘यस्तो नेता चाहिँदैन,  क्रियाशील काट्न पाइँदैन, लगायत नारा लगाएका थिए ।

पाण्डेले जिल्लाको त्रिवेणी नगरपालिकाका १ देखि ९ वडासम्मका कार्यकर्ताको क्रियाशील सदस्यता काटिदिएको त्रिवेणी नगरपालिका–४ तोलीका वडा सभापति जयबहादुर साउदले बताए । 



गुटबन्दी गर्दै देउवापक्षका कार्यकर्ताको क्रियाशील नवीकरण र नयाँ सदस्यता काटिदिएको पाण्डेमाथि आरोप छ । 

त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले यताबाट देउवापक्षका क्रियाशील सदस्यता भएका व्यक्तिहरुका नाम लिस्ट केन्द्रीय सदस्य पाण्डेलाई पठाएको र पाण्डेले क्रियाशील सदस्यता काटिदिएको उनीहरुको आरोप छ । 
 
क्रियाशीलता सदस्य सार्वजनिक नहुँदा रोकिएको बाजुरामा यही असोज ५ गते वडा अधिवेशन हुँदै छ । वडा अधिवेशन नजिकिएसँगै कांग्रेसका केन्द्रीय नेता जिल्ला पुग्ने क्रम बढेको छ ।



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १९:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया