नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पोखरा पुगेका छन्। आइतबारको एकीकृत समाजवादी कास्कीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल पोखरा पुगेका हुन्।
आइतबार एकीकृत समाजवादी कास्कीको जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सोलगत्तै ११ बजे नेपालले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।
शनिबार पोखरा पुगेर नेपाल नेता–कार्यकर्तासँग छलफलमा जुटेका थिए। केन्द्रीय सदस्य र गण्डकी प्रदेश कमिटीसँगको छलफल पछि उनले जिल्ला कमिटी र महानगर कमिटीसँग छलफल गरे ।
नेकपा एकीकृत समाजवादी गठन भएपछि अध्यक्ष नेपाल पहिलोपटक पोखरा पुगेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।