हास्य रियालिटी सो कमेडी च्याम्पियन २ को विजेता भरतमणि पौडेल बनेका छन् । उनले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै कमेडी च्याम्पियनको उपाधि जितेका हुन् ।
उपाधिको टाइटलसँगै उनले एउटा गाडी र २५ लाख उपहार पाएका छन् ।
उनीसँग आज भएको ग्रान्ड फिनालेका प्रतिस्पर्धी थिए, भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापा । ताप्लेजुङका पौडेललाई ताप्लेजुङकै नेकपा एमाले नेता योगेश भट्टराईले समेत सहयोग गरेका थिए । भट्टराईले भरतमणिको नाममा भोट माग्दै बारम्बार फेसबुक स्टाटस लेखेका थिए ।
यो कार्यक्रमको यो सिजनमा फस्ट रनर अप बिक्की अग्रवाल बनेका छन् भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन् ।
उनीहरुले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन् ।
पाैडेलले केही समयअघि गरेकाे पूर्वयुवराज पारस शाहकाे अभिनय निकै मन पराइएकाे थियाे ।
याे पनि पढ्नुहाेस्–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।