प्रिमियर लिग : क्रिस्टललाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा  लिभरपुल विजयी भएको छ । उसले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित हात पारेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन सादियो माने, मोहम्मद सलाह र नाबी केइटाले १-१ गोल गरे ।

खेलको ४३ औँ मिनेटमा मानेको गोलमार्फत् लिभरपुलले अग्रता लिएको थियो । ७८ औँ मिनेटमा सलाहले टोलीको अग्रता दोब्बर बनाए । 

८९ औँ केइटाले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ५ अंक जोडेको क्रिस्टल प्यालेस १४ औँ स्थानमा छ । 

लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले उल्फ्समाथि २-०, आर्सनलले बर्नेलीमाथि १-० र वाट्फोर्डले नर्विचसिटीमाथि ३-१ को जित दर्ता गरे ।



एस्टन भिल्लाले एभर्टनलाई ३-० ले हराउँदा साविक विजेता म्यानचेस्टर सिटी साउथह्यामटनसँग गोलरहित बराबरीमा रोकियो ।  



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ६:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया