आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
यी दुईले हालसम्म ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा तिनै खेल ओमानले आफ्नो पक्षमा पारेको छ ।
नेपालमाथि हाबी बन्दै आएको ओमान आज पनि त्यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ । सिरिजको अघिल्ला २ खेलमा जित हात पारेकाले ओमान उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।
ओमानले सिरिजको पहिलो खेलमा नेपाललाई ५ र दोस्रो खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको थियो ।
नेपाल पनि ओमानसँगको हारको श्रृंखला अन्त्य गर्ने प्रयासमा हुनेछ । नेपाल आज जित हात पार्दै लगातार दुई खेलमा व्यहाेरेकाे पीडालाई केही मात्रामा भए पनि कम गर्न चाहन्छ ।
पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ५ र तेस्रो खेलमा अमेरिकसँग ६ विकेटको पराजय व्यहाेरेकाे थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।