आज साताैं संविधान दिवस मनाइँदै

आज साताैं संविधान दिवस । नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुरा भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् । 

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । 

यसै गरी प्रधानमन्त्री देउवाले मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण पनि गरेका छन् ।

यो दिवसलाई आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको हो । यो नेपालको सातौं संविधान हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् ।



पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकाेटा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका विभिन्न नेताहरूले दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।
 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ७:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया