सिरी ‘ए’ : इन्टर मिलानको एकतर्फी जित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु टोली इन्टर मिलानले एकतर्फी जित दर्ता गरेको छ । उसले बोलोग्नालाई ६-१ ले पराजित गरेको हो । 

सान सिरोमा मिलानलाई जित दिलाउन इडेन जेकोले २, लाउटारो मार्टिनेज, मिलान स्क्रिनियर, निकोलो बरेला र माथिएस भिसिनोले १–१ गोल गर्दा बोलोग्नाका आर्थर थिएटले १ गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा मार्टिनेजले गोेल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा स्क्रिनियरले टोलीको अग्रता दोब्बर बनाए ।

३४ औँ मिनेटमा बरेलाले गोल गर्दा मिलानले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

मिलानले दोस्रो हाफमा ३ गोल थप्दा १ गोल खायो । ५४ औँ मिनेटमा भिसिनोले टोलीका लागि चौंथो गोल गरे ।

जेकोले ६३ र ६८ औँ मिनेटमा गोल गर्दै मिलानलाई ६-० को फराकिलो अग्रता दिलाए । ८६ औँ मिनेटमा थिएटले बोलोग्नाका लागि सान्त्वना गोल गरे । 
  
जितसँगै इन्टर ४ खेलबाट १० अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ७ अंक जोडेको बोलोग्ना आठौँ स्थानमा छ । 



लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा फियोरेन्टिनाले जिनोआमाथि २-१ र एट्लान्टाले स्पोर्टिभा सलेर्नीटनामाथि १-० को जित दर्ता गरे । 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ८:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया