ला-लिगा : बराबरीमा रोकिए पनि एट्लेटिको शीर्ष स्थानमा

स्पेनिस ला-लिगा अन्तर्गत शनिबारको खेलामा १० खेलाडीमा सीमित साविक विजेता एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । 

एट्लेटिकोले घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा एथ्लेटिक क्लब बिल्वाओसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा अंक बाढ्न बाध्य बने । १५ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले सुवर्ण अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो ।

४७ औं मिनेटमा रेनान लोडीको पासमा एन्जल कोरेआको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए ।
 
४९ औं मिनेटमा जोस जिमिनेजको गल्तीमा इनाकी विलियम्सले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओले अग्रता लिन सकेन ।

७८ औं मिनेटमा घरेलु टोली एट्लेटिको १० खेलाडीमा सीमित बन्न पुग्यो । जोओ फिलिक्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । 

९० औं मिनेटमा एलेक्स बेरेनगुएरले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओ जितबाट वञ्चित बन्यो ।



बराबरीमा रोकिए पनि एट्लेटिकोे एक खेल कम खेलेका रियल म्याड्रिड र भ्यालेन्सियालाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ ।

अपराजित रहेको एट्लेटिकोले ३ जित र २ बराबरीका साथ ११ अंक जोडेको छ । रियल र भ्यालेन्सियाको समान १० अंक छ ।  बिल्वाओ ९ अंकसहित चौथो स्थानमा छ । 



लिग अन्तर्गत शनीबार राति भएका अन्य खेलमा रायो भालेकानोले गेटाफेमाथि ३-० र ओसासुनाले डिपोर्टिभो एलाभेसमाथि २-० जित हात पार्दा इल्चे र लेभान्टेले १-१ को बराबरी खेलेका छन् । 

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ९:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया