भारतमा काेराेना : थप ३० हजार ७७३ संक्रमित, ३०९ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३४ लाख ४८ हजार १६३ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३०९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४४ हजार ८३८ पुगेकाे छ ।

यही अवधिमा ३८ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २६ लाख ७१ हजार १६७ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 
 
भारतमा हालसम्म ८० कराेड ४३ लाख ७२ हजार ३३१ डाेज भ्याक्सिन लगाइसकिएकाे छ । 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १०:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया