मार्कुस दासको पहिलो म्युजिक भिडियो सार्वजनिक

मार्कुस दासकाे पहिलो म्युजिक भिडियो सार्वजनिक भएकाे छ । दासकाे ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको हाे । 

गीतमा शब्द र संगीत कुशल पोखरेलको छ । मार्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो ।

स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन । त्यसबाहेक पनि गायक मार्कुसले दुई गीत गाएका छन् । जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो । पहिलो पटक भिडियो सहितको गीत सार्वजनिक गरेका मर्कुश यस गीतका  म्युजिक भिडिओ निर्देशक पनि हुन् ।

मार्कुस दास प्रसिद्ध गायक कर्ण दासका छाेरा हुन् । बुवाजस्तै उनकाे संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो ।

२५ वर्षीय मार्कुसको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ । अष्ट्रेलियामा छायांकन भएको भिडियोमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन् । प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई  सुदीप विष्टले सम्पादन गरेका छन्।

विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १०:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया