प्रिमियर लिगमा सादियो मानेको नयाँ कीर्तिमान

कोही खेलाडी कुनै प्रतिद्वन्द्वीका लागि साह्रै दुःख दिने दिने खालका हुन्छन् । दुःख कस्तोभन्दा उसका विरुद्ध लगातार गोल गर्ने ।

लिभरपुलका सादियो माने क्रिस्टल प्यालेसका लागि यस्तै खेलाडी हुन् । शनिबार राति लिभरपुलले प्यालेसलाई इंग्लिस प्रिमियर लिगमा ३-० ले पराजित गर्दा पहिलो गोल यिनै मानेले गरेका थिए ।

यसै क्रममा सेनेगली खेलाडीले लिभरपुलका लागि आफ्नो सयौं गोल पनि पूरा गरे । यो पनि आफैंमा कीर्तिमान हो, तर धेरैले चासो लगाएको कीर्तिमान भने अर्कै छ र यो हो, कुनै प्रतिद्वन्द्वीविरुद्ध उनको लगातार गोल ।

एनफिल्डमा भएको हिजोको खेलसँगै उनले क्रिस्टल प्यालेसविरुद्ध पछिल्ला नौ खेलमा गोल गरेका छन् ।

यस्ता कीर्तिमान विरलै बन्छन् जुन वास्तवमै अनौठो प्रकारका हुन्छन् । मानेले रोबिन भान पर्सीकाे कीर्तिमान तोडेका हुन् । उनले स्टोक सिटीविरुद्ध लगातार आठ खेलमा गोल गरेका थिए । 

मानेले सन् २०१७ मा क्रिस्टल प्यालेस विरुद्ध पहिलो गोल गरेका थिए । त्यसयता उनी यो टोली विरुद्ध गोलविहीन हुनु परेको छैन । 



 


 
 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया