आइपिएलका बाँकी खेल आजबाट : चेन्नई र मुम्बई प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) टि-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरू आइतबारबाट युएईमा सुरु हुँदैछ ।

कोरोना भाइरसको कारण स्थगित आइपिएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।

दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न चाहन्छन् । यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो ।

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले ८ खेलबाट १२ अंक जोडेको छ । आइपिएलमा अब ३१ खेलहरू बाँकी छन् । फाइनल खेल अक्टोबर १५मा हुनेछ ।  





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया