संविधान दिवसमा विभूषण पाउने कलाकार

नेपाल सरकारले संविधान दिवसको अवरसमा विभिन्न क्षेत्रका ९ सय ३ जनालाई मानपदवी, अंलङ्कार तथा विभूषणको घोषणा गरेको छ । 

कला क्षेत्रमा योगदान पुर्‍याएका कलाकार पनि विभिन्न मानपदवी, अंलङ्कार तथा विभूषणबाट विभूषित हुँदैछन् ।

स्वर्गीय नारायण गोपाल गुरुआचार्यलाई यो वर्षको महाउज्वल राष्ट्रदीपबाट सम्मान गर्ने भएको छ ।

यसैगरी सुप्रबल जनसेवाश्रीबाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, स्वर्गीय रानुदेवी अधिकारी, भजनशिरोमणि भक्तराज आचार्य, कलाकार नवल खड्का, प्रकाश घिमिरे र गायक कस्तुप पन्त विभूषित हुने भएका छन् ।

यसैगरी कीर्तिमय राष्ट्रदीप विभुषणबाट शम्भुजित बाँस्कोटा र स्वर्गीय साहित्यकार मंगल कुमार उपाध्याय सम्मानित हुने भएका छन् ।

जनसेवाश्री सम्मानबाट गायक हेमन्त शर्मा, प्रकाश सपुत, अमेरिकन नेपाली दोहोरी गायिका अन्ना, लोकगायिका राधिका हमाल, कलाकार केकी अधिकारी, अनमोल केसी, श्रवणकक्ति कम भएका कलाकार सुजल बम विभूषित हुने भएका छन् ।  



प्रबल जनसेवाश्री पदवीबाट लोकगायिका विष्णु माझी, लोकदोहोरी गायक चन्द्र शर्मा, कुलेन्द्र विश्वकर्मा, कलाकार रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, हाँस्यकलाकार कमल गाउँले, चलचित्र निर्माता÷निर्देशक मिलन चाम्लिङ राई विभूषित हुने भएका छन् ।



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया